सांकेतिक तस्विर
हेटौंडा । हेटौंडाको राप्ती खोलामा डुबेको अवस्थामा शव भेटिएको छ । राप्ती पुल मुनि अन्दाजी २४/२५ बर्षको पुरूषको शव भेटिएको हो ।
खोलामा घोप्टो परेको अवस्थामा शव भेटिएपनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालको टोली पुगेर अनुसन्धान थालेको छ ।








