हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-१० राप्तिपुल नजिक सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुने मोटरसाइकल चालकको पहिचान खुलेको छैन ।
घाइतेको हेटौंडा-११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडातर्फ आइरहेको ना २३ प ३८२६ नम्बरको मोटरसाइकल र नवलपुरतर्फ गइरहेको प्रदेश २-०३-००१ ख २१३८ नम्बरको मिनि ट्रक ठक्कर खाँदा मोटरसाइकल चालक घाइते भएको प्रहरीको भनाइ छ ।








