हेटौंडा । मकवानपुरको बैकया-९ हात्तीसुढेमा रहेको न्यू सुनचाँदी पसलबाट सुनको गरगहना र नगद चोरीमा संलग्न दुईजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ का संगम बिकले हात्तीसुढेमा संचालन गरेको सुनचाँदी पसलमा गरगहना र नगद चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएको र उक्त उजुरीको आधारमा आवश्यक अनुसन्धान गर्दा चोरी भएको सुनको गरगहना सहित बकैया गाउँपालिका वडा नम्वर ३ बस्ने बर्ष १९ को दिपेश बिक र वडा नम्वर २ बस्ने बर्ष २० को गणेशबहादुर स्याङ्तानलाई पक्राउ गरिएको मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
उनिहरुलाई प्रहरी चौकी हात्तीसुँडेका प्रहरी नायब निरीक्षक दमन तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले चैत १ गते पक्राउ गरेको डिएसपी रिमालले बताए । उनीहरूमाथि आवश्यक अनुसन्धान र कार्वाही भइरहेको जनाइएको छ।








