काठमाडौं । यातायात व्यवसायीले भाडा बढाउन सरकारसँग आग्रह गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन माग गरेका हुन् ।
पटक-पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भैरहेको बताउँदै उनीहरुले भाडा बढाउनुपर्ने बताएका छन् । चैत तेस्रो हप्तासम्म भाडा नबढाए आफूहरु सवारी साधन थन्क्याउन बाध्य हुने उनीहरुले बताए ।








