• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. बिचौलियाको मारमा किसान

महान्यायाधिवक्ता छाडेर फेरि राजनीतिमा

  •   शनिबार, चैत ०७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा दिँदै सक्रिय राजनीतिमा फर्कने घोषणा गरेका छन्। २०७४ फागुन ८ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनी राष्ट्रपतिबाट महान्यायाधिवक्ता नियुक्त भएका थिए। सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा रहेका खरेलले आफूले प्रधानमन्त्री ओलीसँग परामर्श गरेपछि राजीनामा दिएको शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराए।

    ‘प्रधानमन्त्रीसँग भेटेर कुरा भयो। उहाँको र मेरो कुरा एउटै थियो। जहाँबाट आएको थिएँ, म त्यतै फर्कन्छु’ खरेलले भने, ‘फुटबल खेल्नका लागि बाहिरबाट हुन्न, मैदानमा फर्कंदैछु।’ प्रधानमन्त्रीले राजीनामा नदिँदासम्म नियुक्त गरेका सरकारका कानुनी सल्लाहकारले पद छोड्ने प्रचलन खासै छैन। यसअघि पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्कीले पनि प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकाल छँदै राजीनामा गरेका थिए। खरेल नेकपा एमालेका तर्फबाट यसअघि कानुनमन्त्रीसमेत भइसकेका छन्।

    उनले २०४७ सालको संविधान निर्माणका क्रममा एमाले नेता माधवकुमार नेपालको सहयोगीको रूपमा काम गरेका थिए। पत्रकार सम्मेलनमा उनले पार्टीबाट जुनसुकै जिम्मेवारी पाए पनि निर्वाह गर्ने बताए। ‘राजनीतिक जीवनमा क्रियाशील हुन्छु। निष्ठापूर्वक काम गर्छु। शिर निहुर्‍याएर हिँड्ने काम गर्दिनँ’, उनले भने। आफूले महान्यायाधिवक्ता कार्यालयमा आएपछि ३ वर्षमा गर्नसक्ने सबै काम गरेको र अब योभन्दा बढी काम गर्न नसक्ने भएकाले राजीनामा दिएको उनले बताए।

    आफूले पदमा रहेर सरकारको जमेर प्रतिरक्षा गरेको दाबी उनले गरे। संसद् विघटनको मुद्दामा प्रधानमन्त्री असन्तुष्ट भएर राजीनामा आएको हो भन्ने प्रश्नमा खरेलले भने, ‘अदालतमा प्रतिरक्षा गर्दा प्रधानमन्त्रीले धन्यवाद दिनुभएको थियो। हाम्रो प्रतिरक्षा कानुनसंगत थियो। फैसला त अदालतको विषय हो’, उनले थपे, ‘प्रधानमन्त्रीसँग म अहिले पनि छु, पछि पनि हुनेछु।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.