• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

मकवानपुरमा ज्येष्ठ पत्रकारलाई पेन्सन दिन सुरु

  •   सोमबार, चैत ०९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा । मकवानपुरमा ज्येष्ठ पत्रकारलाइ पेन्सन दिन सुरु गरिएको छ । पत्रकार महासंघ मकवानपुर शाखाले जेष्ठ पत्रकारलाई आजबाट मासिक ४ हजार रुपैयाँ पेन्सन दिन सुरु गरेको हो । मकवानपुरमा रही बीस वर्ष पत्रकारिता गरेका र ६० वर्ष उमेर पुगेका जेष्ठ पत्रकारलाई पेन्सन कोष सञ्चालन गरेर त्यसको व्याजबाट पेन्सन वितरणको काम सुरु गरेको पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरी हुमागाइले जानकारी दिए ।

    हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका पूर्व अध्यक्ष नवराज शर्मालाई पेन्सन बापतको रकम हस्तान्तरण गर्दै पेन्सन शुभारम्भ गरे । पेन्सन वितरण कार्यक्रम शुभारम्भ गर्दै महासंघको संस्थागत कामका लागि आफूहरु तयार रहेको मेयर बताए । करिब ४० वर्षसम्म पत्रकारिता गरेर निबृत जीवन बिताएका शर्मालाई चैत महिनाको ४ हजार रुपैयाँ पेन्सन वापत बितरण गरिएको हो ।

    २० वर्ष सम्म पत्रकारितालाई मुख्य पेसा बनाइ ६० वर्ष उमेर पुगेका जेष्ठ पत्रकारका लागि पेन्सन कोषमा १० लाख रुपैयाँ यसअघि हेटौंडा उपमहानगरपालिकाले सहयोग गरेको र अबका दिनहरुमा पनि सहयोगलाई जारी राख्ने मेयर महतले बताए । पत्रकार महासंघ मकवानपुर साखाले बाणिज्य बैकमा यसअघिनै खोलीएको खातामा दश लाख रुपैयाँ जम्मा गरिएको छ । त्यसबाट व्याज प्राप्त हुन थालेको छ । त्यही व्याजबाट पेन्सन वितरणको काम सुरु गरिएको हो । पत्रकार महासंघका ७७ वटै जिल्लाका साखा, प्रदेश र केन्द्रमा पहिलोपटक महासंघ मकवानपुर शाखाले जेष्ठ पत्रकारलाई पेन्सन वितरणको काम सुरु गरिएको हो । पेन्सन वितरण गर्ने मंसिर २६ गतेको साधारण सभाले पारित गरिसकेको छ ।

    पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्टले नेपालमै पहिलोपटक मकवानपुर महासंघले पेन्सन वितरण राम्रो काम गरेको बताए । जेष्ठ पत्रकार पेन्सन कार्यक्रम लागू भएपछी कोषबाट व्यय हुने गरी मासिक रुपमा चार हजार रुपैयाँ प्रदान गरिने र कोषमा रकम बृद्धी भएसंगै पेन्सन रकम पनि बृद्धी गर्ने तयारी रहेको जनाइएको छ । तर, कोषमा धेरै रकम जम्मा नहुने र पेन्सन लिने जेष्ठ पत्रकार बृद्धी हुदै गएमा पेन्सन वितरणको रकम पनि घटाउने गरी कार्यबिधी पास गरिएको छ ।

    राज्यबाट उपलब्ध हुने अन्य कुनै सामाजिक सुरक्षा भत्ता वा नेपाल सरकार, प्रदेश सरकार, वा स्थानीय तहबाट कुनैपनि संघ संस्था, गैर सरकारी संस्थाबाट सेवा सुविधा प्राप्त हुने पदमा बहाल रहेको भए मासिक पेन्सन उपलब्ध नगराइने अध्यक्ष हुमागाईले बताए । जेष्ठ पत्रकार मासिक पेन्सन प्रदान गर्ने प्रयोजनका लागि पेन्सन प्राप्त गर्नेको निबेदन र कागजपत्रका आधारमा सिफारिस गरिने कार्यबिधिमा उल्लेख छ । सिफारिसका लागि पत्रकार महासंघ मकवानपुरको निवर्तमान अध्यक्ष संयोजक, पत्रकार महासंघ मकवानपुर शाखाको पुर्ब अध्यक्षहरु मध्येबाट एक जना सदस्य र पत्रकार महासंघ मकवानपुर साखाको बैठकले सिफारिस गरेका एक जना महिला सहित अरु दुइजना सदस्य राखिने छ ।

    मासिक पेन्सन प्राप्त गरिरहेका ज्येष्ठ पत्रकारले अन्य सामाजिक सुरक्षा भत्ता वा सार्बजनिक पदको सुबिधा प्राप्त गरेमा वा मृत्यु भएमा मासिक लगत कट्टा गर्ने प्रयोजनको लागि सोको जानकारी एकाघरको सदस्यले महासंघ मकवानपुर शाखालाई जानकारी दिनुपर्ने नियम वनाइएको छ । पेन्सन प्राप्त गर्नका लागि पत्रकार महासंघ मकवानपुर शाखाको सदस्य भएको हुनुपर्ने, साठी वर्ष उमेर पूरा भएको हुनुपर्ने, निरन्तर बीस वर्ष पत्रकारीतालाई मुख्य पेसा बनाएर सञ्चार क्षेत्रमा कार्य गरेको हुनुपर्ने, कुनै पनि सरकारी संस्था, गैरसरकारी र कम्पनिमा काम गरेर नियमित सरकारी पेन्सन रकम नलिएको र उक्त संस्थाबाट उमेर हदका कारण उपदान रकम नलिएको हुनुपर्ने र ६० वर्ष उमेरपछी सक्रिय पत्रकारिता छोडेर बिश्राम लिएको हुनुपर्ने उनले बताए ।

    पेन्सन कोषको सञ्चालन महासंघ मकवानपुर शाखाले विभिन्न सरकारी वा अर्घ सरकारी संस्था, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ संस्था, विभिन्न व्यक्ती संघ, सस्था, उद्योग प्रतिष्ठान बाट प्राप्त रकम कोषमा राखिने महासङघले जनाएको छ ।

    बागमती प्रदेशले संघिय सरकारसँग पुनर्निर्माणका लागि एक अर्ब अनुदान माग्ने
    कारले स्कटिङ् गर्दै ल्याएको एक सय ६२ किलो गाँजासहित दुई जना पक्राउ
    सीएमसीद्वारा कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ३८३ जनाले लिए सेवा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.