हेटौंडा । मकवानपुरको हेटौंडा-११ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यलय नजिक थानाभर्याङमा दुई सवारी ठोक्किदा दुर्घटना हुँदा घाईते भएका दुबैजनाको पहिचान खुलेको छ ।
आज बिहान ११ बजे हेटौंडाबाट मनहरी तर्फ जाँदै गरेको ना ४ ख ३६१५ नंबरको डिडिसीको दुध बोक्ने टाटा भ्यान र विपरित दिशाबाट आउँदै गरेको प्रदेश २ ०३००१ च ११९४ नंबर पिकअप भ्यान थानाभर्याङमा एक आपसमा ठोक्किदा दुध बोक्ने टाटा भ्यानका चालक राक्सिराङ-४ का सुरेश लो र सवारीमा सवार मनहरी-७ का ३० वर्षीय रमन सिंह घाईते भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
घाईतेहरुको स्वास्थ्य अवस्था मध्यम रहेको र उपचार चुरेहील अस्पतालमा भईरहेको प्रवक्ता रिमाले बताए ।








