हेटौंडा । सोमबार राति कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्युरेनिमा तिब्र गतिमा हुइकेको बोलेरो जिप दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन ।
चौघडाबाट हेटौंडा बजार तर्फ जादै गरेको ग २ च २२८३ नम्बरको बोलेरो जिप अनियन्त्रित भई आफै दुर्घटना हुँदा जिप चालक हेटौंडा-१४ का कुमार बल र सह-चालक बाराको निजगढ बस्ने ३१ बर्षीय रामसिंह थिङ घाइते भएका हुन ।
घाइतेहरूको हेटौंडा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।








