हेटौंडा। मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर-१ चित्लाङ भेडाफार्म नजिक ढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा २ जना घाइते भएका छन ।
सोमबार राति ढुंगा बोकेर भेडाफार्म तर्फ आउँदै गरेको बा ५ ख ५२०५ नम्बरको टिपर आफै ब्याक भइ दुर्घटना हुँदा दुइजना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ।
घाइते हुनेमा टिपर चालक सोही गाउँपालिका बस्ने ३० बर्षीय अरुण वाईवा र टिपरमा सवार थाहानगर-५ का अन्दाजी १५ बर्षीय जिवन घलान रहेको जनाइएको छ। घाइते दुबैलाई थप उपचारका लागि काठमाडौं पठाइएको बुझिएको छ।








