काठमाडौं । काँग्रेस सांसद प्रकाश स्नेही रसाइलीले बझाङका जनताले चामल खान नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रसाइलीले चामल खान नपाएर मन्त्रालय धाउनुपरेको भन्दै सरकारले के हेरेर बसेको छ भन्दै प्रश्न समेत गरे । ‘सम्माननीय प्रधानमन्त्री ज्यू बालुवाटारमा बसेर नृत्य हेरिरहनुभएको छ ।
अब यो नृत्यको टिकट बिक्री गर्ने, सांसद खरिद बिक्रीको उद्घोष गर्ने प्रधानमन्त्रीलाई मेरो विनम्रतापूर्वक अनुरोध छ ।,’ उनले भने, ‘तपाईको सरकार बनिसकेपछि तपाईंहरुले १३ करोडको होलिवाइन खानुभयो तर बझाङका जनताले चामल खान पाउने कि नपाउने सम्माननीय प्रधानमन्त्रीसँग यसको जवाफ माग्न चाहान्छु ।’








