हेटौंडा । जिल्ला प्रशासन कार्यालय तथा प्रजिअको नेतृत्वमा रहेने जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्रले मकवानपुरले यस अघि सञ्चालनमा आएका क्वारेन्टिन तथा आइसोलेशन तयारी अवस्थामा राख्न परिपत्र गरेको छ ।
आज (शुक्रबार) बैठक प्रजिअ गोविन्द प्रसाद रिजालको नेतृत्वमा बसेको व्यवस्थापन केन्द्रको बैठकले कोभिड–१९ को संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै यसअघि सञ्चालनमा आएका क्वारेन्टिन तथा आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्न सबै स्थानिय तह र हेटौंडा अस्पताललाई परिपत्र गरेको छ ।
जिल्लाका सबै स्थानिय तहहरु र स्वास्थ्य केन्द्रहरुबाट प्रदान गर्ने सेवालाई अझ प्रभावकारी बनाउन आवश्यक तयारी गर्ने, एवम् संक्रमण फैलिन नदिन विद्युतीय माध्यमबाट चेतनामूलक सन्देश प्रसारण गर्ने व्यवस्था समेत मिलाउने निर्णय गरेको छ ।
बैठकले मेला, महोत्सव, नयाँ वर्ष जस्ता चाडपर्वहरुमा भिडभाड नगर्न, नगराउन तथा सबैले जनस्वास्थ्यको मापदण्डहरु कडाईकासाथ पालना गर्न, गराउन सबैमा अनुरोध गर्ने निर्णयमा उल्लेख गरिएको छ । यस्तो छ जिल्ला कोभिड –१९ व्यवस्थापन केन्द्रको निर्णय








