काठमाडौँ । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् । शनिबार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी बनेको हो । पोख्रेलले प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलकी प्रतिद्वन्द्वी निर्मला शर्मालाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।
पोख्रेल ५८७७ मत ल्याउँदै विजयी हुँदा शर्माले ३३२६ मत मात्र पाइन्। कार्यसमितिमा शर्माको गठबन्धनले प्रदेश-१ को एउटा केन्द्रीय सदस्य र प्रदेश दुईको दुवै सदस्य तथा नेतृत्व जितेका छन् भने बाँकी सबै पोख्रेल प्यानलबाट निर्वाचित भएका छन् ।
यस्तै, महासंघको बरिष्ठ उपाध्यक्षमा रमेश बिष्ट, समावेशी उपाध्यक्षमा उदय जिएम र महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएका छन् । महासचिवमा रोशन पुरी विजयी भएका छन् । मुलुक संघीय संरचनामा गएपछि महासंघको








