हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-९ शान्तिचोकमा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३५ बर्षीय समिर पाख्रिन र उनको श्रीमती ३० बर्षीय अन्सु पाख्रिनलाई रहेको मकवानपुर प्रहरीले जनाएको छ।
दम्पतीले घरमा रहेको तारलाई फलामको डन्डिले उठाउन खोज्दा थ्री फेस लाइनमा फलामले छुन् पुगी करेन्ट लागेको र दुवैजनालाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताएका छन।शव हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ।








