काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदार रोकिएकोबारे प्रश्न उठाएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै थापाले भने, ‘विदेशबाट फर्केर आएकाहरूले जान पाएका छैनन्। यो चमत्कारी सरकारले उनीहरूको बारेमा न केही सोच्दै छ न केही भन्छ । दक्षिण कोरियाको भाषा र सीप परीक्षा उत्तीर्ण गरेका करिब १० हजार पाँच सय र प्रतिवद्ध कामदार २ हजार महिनौंदेखि काठमाडौंमा बसेका छन्।
उनीहरूको बारेमा सरकारले वेवास्ता गरेको छ।’ सम्बन्धित मन्त्रालयले कामदारबारे ठोस कदम नचालेको उनको भनाई छ । थापाले पर्यटन क्षेत्रमा लाखौंले रोजगारी गुमाएको पनि बताए।








