हेटौंडा । हेटौंडा–४ मा रहेको हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टी भएको छ । भैसेबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले म्यानेजमेन्टमा भेटिएको बस्तु बम नभएको पुष्टी गरेको हो ।
क्याम्पसमा भेटिएको शंकास्पद बस्तु मानिसलाई झुक्याउन राखिएको बस्तु (होक्स) रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शंकास्पद बस्तु सेनाले डिस्पोज गरेको छ । शुक्रबार विहान क्याम्पसको शौचालयमा तारसहितको शंकास्पद बस्तु देखिएको थियो ।
क्याम्पस गएका विद्यार्थीले शंकास्पद बस्तु देखेपछि व्यवस्थापनलाई जानकारी दिएका थिए । त्यसपछि व्यवस्थापनले प्रहरीलाई खबर दिएको थियो । घटनास्थलमा वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्टको टोली पुगेको थियो ।








