फाइल फोटो
हेटौंडा । हेटौंडाका नगर प्रमुख हरि बहादुर महतले तीन दिने मकवानपुर जिल्ला विद्यालय स्तरीय ब्याटमिन्टन प्रतियोगिताको उदघाटन गरेका छन ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजना र ब्याटमिन्टन संघ मकवानपुरको प्राविधिक सहयोगमा हेटौँडा–११ थानाभर्याङमा रहेको सामुदायिक सेवा केन्द्रको कभर्ड हलमा ३ दिन सम्म चल्ने प्रतियोगिताको नगर प्रमुख महतेले शुक्रबार बिहान उदघाटन गरेका हुन ।
समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत बागमती प्रदेश प्रहरी कार्यालयको आयोजनामा आगामी बैशाख ५ गतेसम्म प्रतियोगितामा जिल्लाका विभिन्न १० वटा विद्यालयका ७५ पुरुष तथा २३ महिला खेलाडी गरी ९८ जना विद्यार्थीहरुको सहभागिता रहने बागमती प्रदेश प्रहरी कार्यालय








