हेटौंडा । मूख्यमन्त्री डोरमणी पौडेलले हेटौंडामा प्रहरी भवनको उद्घाटन गरेका छन् । मूख्यमन्त्री पौडेलले हेटौंडा–११ थानाभर्याङ निर्मित जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन र हेटौंडा–१५ रातोमाटेमा रहेको प्रहरी चौकी उद्घाटन गरेका हुन् ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयाल, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं पूर्वगृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँ, प्रदेश प्रमुख सचिव मानबहादुर विके, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदनकुमार भुजेल, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, मध्ये पृतना हेडक्वाटर मकवानपुरका पृतनापति उपरथि अशोकराज सिग्देल, बागमती प्रदेश प्रहरी कार्यालयका डिआईजी बसन्तकुमार लामा लगायतको उपस्थिति रहेको थियो ।
एक करोड ७३ लाख ३० हजार ३ सय ७३ रुपैंयाका दरले दुई भवन ३ करोड ४६ लाख ६० हजार ७ सय ४७ रुपैंया रहेको जनाईएको छ ।








