हेटौंडा । भर्खरै कान्तिलोकपथ अन्तर्गत मकवानपुर गढी गाउँपालिका-१ जितपुर बजार नजिक जन्ति बोकेको गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन ।
दुर्घटनामा २ जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।दुर्घटनाग्रस्त गाडी र घाइतेको विवरण प्राप्त हुन नसकेको र घाइतेलाई उद्धार गरी हेटौंडा तर्फ ल्याउदै गरेको प्रहरीले जनाएको छ ।
गाडीका सहचालक प्रहरी नियन्त्रण रहेको जनाइएको छ। यो समाचार तयार पर्दा सम्म घटनाको विस्तृत विवरण प्राप्त हुन सकेको छैन।








