हेटौंडा । मनहरी-९ खरङ्गामा आज बिहान साँडे ११ बजे भएको दुर्घटनामा परी मृत्यु हुने र घाइते हुनेको पहिचान खुलेको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा-१९ गुम्बाडाँडा बस्ने ३० वर्षीय गुण सिं वाइवा रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
यसैगरि घाइते हुनेमा मोटरसाइकलमा सवार उदयपुरका २७ वर्षीय मुकेश परियार रहेका छन । घाईते परियारको चुरेहिलमा उपचार भईरहेको छ । बिरगंजबाट हेटौंडा हुँदै काठमाण्डौ जाँदै गरेको ना ३१ प ८४२७ नम्बरको ट्रकले सोही दिसाबाट चितवन जाँदै गरेको ना ३१ प ८४२७ नंबरको मोटरसाइकललाई मनहरी-९ खरङ्गामा ठक्कर दिएको थियो ।
ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।








