काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि जेठ ६ गते उप–निर्वाचन हुने भएको छ । गत बैशाख ६ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार निर्वाचन आयोगले रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो ।
नेकपा माओवादी केन्द्रले गृहमन्त्री एंव राष्ट्रिय सभा सदस्य रामबहादुर थापा नेकपा एमाले प्रवेश गरेपछि उहाँलाई पार्टीबाट निष्कासन गरेको थियो ।
उहाँको रिक्त रहेको स्थानमा उपनिर्वाचन हुन लागेको हो । आयोगले निर्वाचन प्रयोजनका लागि वैशाख १० देखि १४ गतेसम्म दल दर्ता गर्न राजनीतिक दलहरुलाई समय दिएको छ ।
आजदेखि नै उपनिर्वाचनको तयारी थालेको आयोगले जनाएको छ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गने कार्यमा सहयोग गर्न आयोग सबै सरोकारवालाहरूसँग अनुरोध गरेको छ ।









