काठमाडौँ । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित २७ जना सांसदलाई कारबाहीको जिम्मा स्थायी कमिटीलाई दिएको छ ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकले नेताहरुले दिएको स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’ भएको निष्कर्ष निकाल्दै उक्त निर्णय गरेको हो ।








