काठमाडौँ । नेकपा एमालेले राष्ट्रियसभामा रिक्त सदस्य पदको निर्वाचनमा रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भएको छ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा प्रवेश गरेका कारण सांसद पद गुमाएका माओवादी नेताहरूलाई उपनिर्वाचनमा जिताएर पुनः सांसद बनाइने बताएका हुन् ।
एमालेबाट बादलनै उम्मेदवार हुने र जिताएरै छाड्ने उनको दाबी छ । नेकपाको एकता भंग भएपछि माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य भएका बादल एमालेमा प्रवेश गरेका थिए। दल त्या गरेपछि उनको पद गुमेको थियो। पद गुमेपछि स्वतः मन्त्री पदबाट पनि मुक्त भएका बादललाई ओलीले फेरि गैरसांसदका रुपमा गृहमन्त्री नियुक्त गरेका थिए।








