हेटौडा । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी-१ हेटौंडा-भैसै सडकखण्डमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन ।
शनिबार बिहान हेटौंडा तर्फ आउदै गरेको बागमती प्रदेश ३ ००२प ६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आफै दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन । मोटरसाइकल सडक बाट अन्दाजी ५० मिटर तल खोल्सामा खसेको थियो ।
घाइते हुनेमा सोही ठाउँ बस्ने अन्दाजी ३०।३५ बर्षीय पंकज मडल रहेको रहेको उनलाई भैसे स्थित नेपाली सेनाको टोलीले उद्धार गरेर थप उपचारको हेटौंडा पठाएको छ।








