हेटौंडा । मकवानपुरमा कोरोना संक्रमितको सक्रिय संख्यामा बडदै गएपछि निकै भिडभाड हुने स्थान मालपोत कार्यालय र नापी कार्यालय भोलिबाट अर्को सुचना नभएसम्म बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले बैशाख-१६ गते (भोलि) देखि हेटौंडा स्थित मालमोत कार्यलय र नापी कार्यालय बन्द गर्ने निर्णय गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जनाएका छन ।
उक्त स्थान निकै भिडभाड रहने हुँदा आन्तरिक काम बाहेक जनसेवा कार्यलाई अर्को आदेश नआएसम्म बन्द गर्न भनिएको हो।








