हेटौँडा । मकवानपरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १९ की एकजना बालिकाको राप्तीखोलामा पौडी खेलने क्रममा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १९ का राजु अधिकारीको ८ बर्षीया छोरी अरमिता अधिकारीको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।राप्ती खोलामा पौडी खेल्दा डुबेर बेहोस भएकी उनलाई उपचारको लागी हेटौँडा ११ मा रहेको चुरेहिल अस्पताल ल्याईएको थियो तर उनको उपचारककै क्रममा ज्यान गएको हो ।








