नवलपुर । नवलपुरमा थप ४१ जनामा कोरोना संक्रमित थपिएका छन । आज विहान प्राप्त रिपोर्ट अनुसार ४१ जनामा संक्रमण पुष्टि भएको स्वासथ्य कार्यालय नवलपुरले जानाकारी दिएकोछ । थपिनेमा कावासोती नगरपालिकाका धेरै रहेका छन् ।
गैँडाकोटमा २ जना वडानम्वर २ की ४५ वर्षीय महिला,गैँडाकोट १३ की ५६ वर्षीय महिलामा संक्रमण देखिएको छ । अन्यमा कावासोतीका १९ जना, मध्यविन्दुमा ७ जना, देवचुलीका ७ जना, हुप्सेकोटका २ जना, विनयी त्रिवेणीका ३ जनामा संक्रमण पुष्टि भएको हो ।
एक जना वर्दघाटका ३५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । आज थपिएसँगै नवलपुरमा कोरोनाका सक्रिय संक्रमितको सख्या ५४८ पुगेको छ ।








