चितवन । चितवनका युवाहरुले आपतकालिन सहयोग कक्षको सुरुवात गरेका छन । भरतपुरको चौबिसकोठिमा अस्थाई सयोग कक्ष स्थापना गरी आज बिहिबार बाट निशुल्क सेवा सुरु गर्न लागेका हुन । उनिहरुले चितवनमा आपतकालिन एम्बुलेन्स सेवा सहित अन्य महत्वपुर्ण सेवाहरु शुरु गर्ने सामाजिक अभियान्ता अर्जुन भुसालाले बताए ।
अस्पताल आउन गार्हो भएर समस्यामा परेकालाई सहजता प्रदान गर्ने उदेश्यका साथ यस्तो सेवा सुरु गरिएको उनले बताए । आपतकालिन सयोग टिमले अक्सिजन सहित एम्बुलेन्स सेवा, घरमा हुदा निकै गार्हो भएको बेला सल्लाह काउन्सिलिङ सेवा (मेडिकल टिमले) , सधै औषधी सेवन गर्ने बिरामिहरुको समस्यालाई मध्यनजर गर्दै सेवन गरिरहने औषधी घरमै पुर्याइदिने सेवा सहित अन्य सेवाहरु प्रदान गर्ने लक्ष्य राखिएको उनिहरुले जानकारी दिए ।
यो संकटको घडिमा कोहिलाई गाह्रो अप्ठेरो परे मोबाइल न ९८०१५६४८०८ र ९८५५०५४३४१ मा सोझै सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।








