हेटौंडा ।धादिङमा लत्रिएको तारमा छुँदा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जयपुरीकी १६ बर्षीया विपना चेपाङ रहेकी छिन् ।
करेन्ट लागेर घाइते चेपाङलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जनाईएको छ । मकै गोड्ने क्रममा बारीमा लत्रिएको तार छुँदा घटना भउको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण उनको मृत्यु भएको भन्दै स्थानीयले क्षतिपूर्तिको माग गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणले मृतक परिवारलाई क्षतिपूर्ति तिर्ने प्राधिकरण धादिङका ध्रुव भण्डारीले बताए ।
लत्रिएको तारमा छुँदा करेन्ट लागेर एक किशोरीको मृत्यु
लत्रिएको तारमा छुँदा करेन्ट लागेर एक किशोरीको मृत्यु
- अ
- अ
- अ








