• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ९. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

नवलपुरमा अक्सिजन अभाव हुन नदिन प्रशासनको सक्रियता

  •   आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । कोभिड १९ संक्रमितको उपचारका क्रममा आवश्यक पर्ने अक्सिजन ग्यासको नवलपुरमा अभाव नहोस भन्नकालागि जिल्ला प्रशासन कार्यालय नवलपुरले सक्रियता बढाएको छ । नवलपुरको मध्यविन्दु जिल्ला अस्पताल र यहाँ निर्माण गरिएका आइसोलेशनहरुमा अक्सिजनको अभाव नहोस भनेर प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी सहितको टोली संक्रिय रुपमा लागि परेको छ ।

    कोभिड संक्रमितहरुमा अक्सिजनको मात्र कम देखीने गर्दा अहिले यसको माग बढेको छ । यसको व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी सहितको टालीले शुक्रबार नवलपुरका गैंडाकोटमा रहेको सिद्धि विनायक अक्सिजन उद्योगको अनुगमन गरेको हो । उद्योगबाट अक्सिजनको उत्पादन कति मात्रमा भईरहेको छ । उत्पादन भएका अक्सिजनको वितरण कसरी गरिएको छ भन्ने बारेमा जानकारी लिन र नवलपुरलाई प्राथमिकतामा राखि वितरणको व्यवस्थापन मिलाउन उद्योग अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताउनुभयो ।

    नवलपुरमा आवश्यक पर्ने अक्सिजनको अभाव नहोस भनेर आफुहरु समन्वयमा लागिरहेको प्रमुख जिल्ला अधिकारी पंगेनीले बताउनुभयो । खाली सिलिन्डरकाे अभाव हुने भन्दै उहाँले अक्सिजन सिलिन्डर खाली हुने बित्तिकै यसै नराखी भर्न पठाउन समेत सबैमा आग्रह गर्नुभयो । गैंडाकोटको उद्योगको अनुगमनका क्रममा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको समेत सहभागिता रहेको थियो । पश्चिम नवलपरासीमा एउटा पनि अक्सिजन उद्योग नरहेको र यहाँ संचालित अस्पतालहरुमा अक्सिजनको आपूर्तीका लागि पहल भईरहेको उहाँले बताउनुभयो ।

    मुख्यमन्त्री शंकर पोख्रेलले समेत अक्सिजन व्यवस्थापनका लागि समन्वय गर्न भनेपछी नवलपुर संग समन्वय गरिएको उहाँले बताउनुभयो । पश्चिम नवलपरासीमा रुपन्देही र नवलपुरबाट अक्सिजनको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । नवलपुरमा रहेको एक मात्रै अक्सिजन उद्योग अहिल २४ सै घण्टा सञ्चालनमा रहेको छ । उद्योगले अहिले दैनिक चार सय सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएको सिद्धि विनाएक अक्सिजन उद्योगका म्यानेजर किरण कुमार कुवँरले बताउनुभयो ।

    कोभिड महामारी अघि उद्योगले तीन सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने गरेको र स्टक समेत रहने गरेको उहाँले बताउनुभयो । उद्योगमा अहिले उत्पादन भएका अक्सिजन नलपुर सहित चितवनका अस्पतालहरुमा लैजाने गरेको उहाँले बताउनुभयो । उत्पादन गरिएको अक्सिजनको सहि बितरण होस र उद्योगको सूरक्षाकालागि समेत जिल्ला प्रहरी कार्यालय नवलपुर मार्फत ७ जना प्रहरी टोली खटाईएको प्रहरी उपरीक्षक प्रकाश मल्लले बताउनुभयो ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.