चितवन । भरतपुरमा डिक्स बक्स चोरी गर्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा माडी नगरपालिका वडा नम्बर २ घर भई हाल भरतपुर महानगरपालिका ७ बुद्ध चोक डेरामा बस्ने २० बर्षिय कासी चौधरी र सोही ठाँउका २२ बर्षिय श्रीकृण्ण महतो रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार उनीहरुले भरतपुर महानगरपालिका वडा नं.१६ नबिनचोक र गा.बि.स.चोकमा रहेको बिजुलीको पोलमा जडान गरेको प्राईम नेटवर्क प्राइभेट लिमिटेडको ४ थान डिक्स बक्स चोरी गरेका थिए ।
बैशाख ३१ गते राती २२ः०० बजेको समयमा ८ हजार ८ सय रुपैँया पर्ने ४ थान डिक्स बक्स चोरी गरेको चितवन प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको छ ।








