हेटौंडा । मकवानपुरमा आज बिहान प्रहरीले एक क्विन्टल गांँजा सहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला काभ्रेपलाञ्चोक महाभारत गाउंँपालिका वडा नम्बर ५ बस्ने चालक आईते बहादुर ठाडामगर, भिमफेदी गा.पा. वडा नं. ९ बस्ने ऐक्ला भन्ने राज कुमार तामाङ, कैलाश गा.पा. वडा नं. १० बस्ने सविन भन्ने सुबिन रुम्बा रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार सोमबार विहान पौने ६ बजे हेटौंडा उपमहानगरपालिका वडा नंम्बर १ स्थित त्रिभुवन राजपथ स्थित सडक खण्डमा नामटार तर्फबाट हेटौडा तर्फ आउँदै गरेको ना २ ख ९८६२ नं. को ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त ट्रकको क्याविनको भागको हुटमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १७ वटा पोकामा १ क्विन्टल गांँजा फेला परेको थियो । चालक सहित पक्राउ परेका उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।









