चितवन । भरतपुर अस्पतालमा कार्यरत फार्मेसिस्टहरु विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन। जहाँ औसधि त्यहाँ फार्मेसीस्ट भन्ने मुख्य माग राख्दै उनीहरु आइतबार देखि आन्दोलनमा उत्रिएका हुन। फार्मेसी पेशागत हकहितका लागि शान्तिपूर्ण आन्दोलन नाम दिएर उनोहरुले आन्दोलन गरिरहेका छन।
आन्दोलनका संयोजक डा. शैलेस बस्यालले कोभिडको यस्तो अबस्थामा पनि बाध्य भएर आन्दोलन गर्नु परेको बताए । उनिहरुले जसले जुन बिषयका लागि जागिर खान आएको हो तेसैको जिम्मेवारी दिनु पर्ने माग गरेका छन। फार्मेसीको काम फार्मेसीस्टलाइनै दिन प्रशासन समक्ष उनीहरुले माग क ।
स्वास्थ्य मन्त्रालयले तोकेको फार्मेसी जनशक्तिको कार्यबिबरण अनुसारको जिम्मेवारी पनि तत्काल लागू गर्न उनिहरुको माग रहेको छ । बस्यालका अनुसार फार्मेसीमा अहिले अर्कै फिल्डका कर्मचारीलाई जिम्मा दिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारीलाई समेत यसबारेमा कानकारी गराएक उनिहरुले मंगलबार अस्पतालका अध्यक्ष डा.भोज राज अधिकारीलाई समेत ग्यापन पत्र बुझाएका छन।
हातमा कालो पट्टि बाधेर १ घन्टा धर्नामा बसेका उनिहरुले काम भने सुचारुनै रहेको जनाएका छन। अहिले भरतपुर अस्पतालमा २३ जना फार्मेसीस्ट कार्यरत छन।








