चितवन । कोभिडको महआमारीमा अग्रपंक्तिमा खटिनेहरुलाई चितवनका बरिष्ठ दन्त चिकित्सक डा. अजय न्यौपाने र डा. सरु थापा न्यौपानेले सहयोग गरेका छन् । नारायणगढ स्थित साईराम डेण्टल प्रालिको तर्फबाट चिकित्सक दम्पतीले स्वास्थ्य सामाग्री सहयोग गरेका हुन । साईराम डेण्टलले पाँच लाख रुपैया बराबरको अक्सिजन सिलिण्डर , मास्क, सेनिटाइइजर, भाइजर, पीपीई र ग्लोब्स वितरण गरेको हो ।
केही मात्रामा भए पनि समस्यालाई हल गर्न सहज होस भनेर सहयोग गरेको बरिष्ठ दन्त चिकित्सक डा. अजय न्यौपानेले बताए । सामाजिक दायित्व वहन गरेर विभिन्न निकायलाई निजि लगानीमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । भरतपुर अपताल , जिल्ला प्रहरी कार्यालय चितवन र जिल्लामा क्रियाशिल पत्रारको लागी मास्क , स्यानीटाईजर , ग्लोब्स वितरण गरेका हुन् ।
भरतपुर अस्पतालमा विरामीको लागी दश थान ठुलो अक्सिजन सिलिण्डर सहयोग र स्वास्थ्यकर्मीका लागी एक सय थान पिपिई , पाँच कार्टुन ग्लोब्स सहयोग गरेका छन् । साईराम डेण्टलकी प्रवन्ध निर्देशक डा सरु थापा न्यौपानेले विपतको बेला कोभिडबाट सुरक्षित रहेर काम गर्न सहज होस भनेर सहयोग गरेको बताईन् ।
गत वर्षपनि उनीहरु विपतमा परेका लाई सहयोग गर्न निकै सक्रिय थिए । गत वर्ष मात्रै करिब १७ लाख बराबरको सहयोग गरेका हुन । समाजिक उत्तरदायीतव सम्झिएर सहयोग गरेको उनीहरु बताउछन् ।








