चितवन । चितवनमा निशेधाज्ञाको मौका छोपी प्रहरीलाई छलेर प्रतिबन्धित लागु औषध कारोबारमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार उनीहरु भरतपुर महानगरपालिका वडा नम्बर ९ मा पक्राउ गरिएपनि प्रहरीले आज उनीहरुलाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कायाृलय, चितवनका अनुसार जेठ १७ गते भरतपुर महानगरपालिका वडा नं. २ पोखरा बसपार्कमा अभिषेक थापाले संचालन गरेको सत्य भगवती मेडिकल हलमा प्रतिबन्धित औषधी बिक्री बितरण गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले संचालक थापा र खरिद गर्ने भरतपुर महानगरपालिका २ बस्ने आशिष तिवारी लाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ट्रमा ६८० ट्याब, अनारगन १०१० ट्याव ट्रुपिन ८१ ट्याव गरी १ हजार ७७१ ट्याब बरामद गरेको थियो । कारोबारी दुबैजनालाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीको लागि औषधि व्यवीथा विभाग शाखा कार्यालय विरगंज पठाईएको प्रहरीले जनाएको छ ।








