हेटौंडा । हेटौंडामा निशेधाज्ञा उल्लंघन गर्ने १९ वटा नियन्त्रणमा परेका छन । आज जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत कार्यालयबाट खटिएको प्रहरी उपरीक्षक समेतको चेकिङ टोलीले निषेधाज्ञा उल्लङ्घन गर्ने १९ वटा सवारीलाई नियन्त्रणमा लिईएको हो ।
यस्तै निशेधाज्ञा अवज्ञा गर्ने ८१ जना मानिसलाई होल्ड गरी सम्झाई बुझाई गरी छाडिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । ती मध्ये एउटा यात्रुबहाक वसको कागजजात नियन्त्रणमा लिई पांँच हजार जरिवाना गरिएको रिमालले बताए ।








