• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

चितवन खबर पत्रिकाले मनायो १० औँ बार्षिकोत्सव

  •   बिहिबार, जेठ २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । छापापत्रकारिताको दुनियाँमा एकदशदेखि अनवरत रुपमा प्रकाशनमा आएको चितवनबाट प्रकाशित पहिलो र एक मात्र रंगिन साप्ताहिक पत्रिका चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले आफ्नो गौरवमय दशौं वार्षिकउत्सव मनाएको छ ।

    बिहीबार भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित पर्यटकीय गन्तव्य धनगढा पार्कमा एक कार्यक्रमका बीच बार्षिकोत्सवको अवसरमा शुभकामना आदान प्रदान गरेको हो । गौरवमय दशौं वार्षिकोत्सवको अवसरमा गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सामाजिक एवं प्रतिष्ठित व्यक्तित्व वरिष्ठ समाजसेवी कुल बहादुर भण्डारी, विशिष्ट अतिथि धनगढा एकीकृत विकास समितिका अध्यक्ष भरत सिंह कुँवर रहनु भएको थियो ।

    सो अवसरमा शुभकामना दिनु हुँदै समाजसेवी भण्डारीले मोफसलमा रहेर विभिन्न चुनौतिका बीच पत्रकारितालाई नियमित गरेको भन्दै चितवन खबर पत्रिकाको उच्च प्रशंसा गर्नुभयो । उहाँले विगत एकदशकदेखि चितवनको आर्थिक, सामाजिक, राजनैतिक रुपान्तरण खेलेको भूमिका अतुलनीय र अविस्मरणीय रहेको बताउनुभयो । आगामी दिनमा चितवनलाई आधार क्षेत्र बनाएर सामाजिक उत्तरदायित्वका साथै आवाज विहिनको आवाजको रुपमा सदैव स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रमको विशिष्ट अतिथि धनगढा एकीकृत विकास समितिका अध्यक्ष भरत सिंह कुँवरले पत्रकारिताको माध्यमबाट चितवन खबरले समाजलाई सुसुचित गरेको भन्दै प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा पत्रिकाले विकृति विसंगतीलाई चिर्दै समाजको ऐनाको रुपमा भूमिका निर्वाह गरेर अघि बढनुपर्ने भन्दै पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

    कार्यक्रमको सभापति एवम् चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाकी सम्पादक इन्दिरा पन्तले आगामी दिनमा सबैको सल्लाह सुझाव अनुसार नै पत्रिकालाई अझ परिस्कृत र परिमाजर्न गर्दै लैजाने बताउनुभयो । सम्पादक पन्तले हालसम्म पत्रिका प्रकाशनमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्दै आगामी दिनमा सबैको मार्ग निर्देशनबाट नै अघि बढ्दै जाने बताउनुभयो ।

    चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले जस्तो सुकै विषम परिस्थितिमा पनि पत्रिकाले आफ्नो व्यवसायिक धर्म निर्वाह गर्दै आएको बताउनुभयो । पत्रिकालाई यहाँसम्म ल्याई पुर्‍याउने समस्त पाठक, शुभेच्छुक विज्ञापनदाता प्रति कार्कीले आभार प्रकट गर्नुभयो । त्यस्तै, पत्रिकाका स्तम्भ संयोजक प्रमुख जय पाठक (जेपी) ले पत्रिका एघारौँ वसन्तमा प्रवेश गर्दै गर्दा पत्रकारितामा थप परिपक्व र अझै बढी जिम्मेवार भएको बताउनुभयो ।

    त्यसलाई पत्रकारिता मार्फत पत्रिकाले आगामी दिनहरूमा प्रमाणित गर्दै जाँने उहाँले प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा भरतपुर महानगरपालिका १२ का वडा सचिव महेन्द्र बहादुर कार्की, धनगढा एकीकृत विकास समितिका निवर्तमान अध्यक्ष लेखराज पन्त “हरि”, लक्की मिडिया हाउस चितवनका निर्देशक, युवा उधमी एवम् समाजसेवी हेमन्त केसी ‘हरि’, ई. भोजराज कौडेल, नेपाली काग्रेस पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको विज्ञ केन्द्रीय सदस्य चित्र बहादुर भण्डारी, दिनेश श्रेष्ठ “पासा” , कृण्ण कार्की, राजेश शर्मा आचार्य लगाएत नागरिक अगुवा , शुभेच्छुक, विज्ञापनदाता लगायतको उपस्थिति रहेको थियो ।

    चितवन खबर पत्रिकाले गत वर्षदेखि आफ्नो अनलाईन संस्करण मार्फत पनि सूचना , समाचार सम्प्रेषण गर्दै आएको छ ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.