चितवन । सामुदायिक रेडियो प्रसारक संघले चितवन र नवलपुरका रेडियोमा काम गर्ने सञ्चारकर्मी र पत्रकारलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ ।
पुरानो मेडिकल कलेज , भरतपुरको सहयोग र सहकार्यमा चितवन र नवलपुरका २० भन्दा बढी रेडियोकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको हो । स्वास्थ्य सुरक्षा सामाग्री पुरानो मेडिकल कलेजका जनसम्पर्क अधिकृत दुर्गा न्यौपाने र मञ्चका केन्द्रिय सदस्य नवीनराज पौडेलले वितरण गर्नुभएको थियो ।
हालको कोरोना संक्रमणको बिषम परिस्थितिमा सबैभन्दा धेरै जोखिममा रेडियोकर्मी देखिएकोले जोखिम न्युनिकरण र सुरक्षा प्रदान होस भन्ने उद्धेश्यले स्वास्थ्य सुरक्षा सामाग्री वितरण संघका केन्द्रिय सदस्य नविनराज पौडेलले बताउनुभयो ।
नवलपुर प्रसारक संघका संयोजक समेत रहेका पौडेलले कोभिडको यो समयमा रेडियोहरु धरासायी भएको बताउदै यसको सबलीकरणका लागि सरकारले सक्दो सहयोग गर्नुपर्ने बताउनु भयो ।साथै स्वास्थ्य सामाग्री सहयोग प्रति पौडेलले पुरानो मेडिकल कलेजको प्रशंसा सहित धन्यवाद ज्ञापन गर्नुभयो ।
संस्थागत सामुदायिक उत्तरदायित्व अन्तर्गत पुरानो मेडिकल कलेजले चितवन नवलपुरमा रहेका रेडियोकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको कलेजका जनसम्पर्क अधिकृत न्यौपानेले बताउनुभयो । विगतमा पनि सामाजिक कार्यमा कलेज सक्रिय हुंँदै आएको भन्दै न्यौपानेले आगामी दिनमा पनि यस्ता सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।








