काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। बैठक शनिबार दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको आफ्नै निवास बुढानिलकण्ठमा बस्न लागेको हो । पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको एक नेताले जानकारी दिए ।
काँग्रेसले भदौ ७–१० का लागि १४ औं महाधिवेशनको मिति तोकेको भएपनि अहिलेसम्म कार्यतालिकाअनुसार काम भएको छैन । असार ५ गतेबाट वडा तहको अधिवेशन गर्ने कार्यतालिका भएपनि क्रियाशील सदस्यताकै विषय अन्तिम टुंगोमा पुग्न सकेको छैन । १० लाख क्रियाशील सदस्य बनाउने भनेको कांग्रेसमा अहिलेसम्म करिब ८ लाख क्रियाशील सदस्य बनिसकेका छन्।
सिन्धुपाल्चोक लगायत केही जिल्लामा क्रियाशील सदस्यता वितरण भएको छैन।








