फाईल तस्विर
काठमाडौं । महाकाली नदी तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन जन तथा मौसम विभागले आग्रह गरेको छ ।
शनिबार बिहान ६ : ३० बजे महाकाली नदी पारीगाँउ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय डुबान भइरहने होचा स्थानमा रहेकालाई सांझसम्म सतर्कता अनपाउन विभागले सूचना जारी गरेको हो ।
असार लागेसँगै वर्षाका कारण देशका विभिन्न ठाउँ पहिरो तथा बाढीबाट प्रभावित भएका छन् ।








