हेटौंडा । मकवानपुरमा जारी निषेधाज्ञा एक हप्ता थप गरिएको छ । आइतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले जारी निषेधाज्ञा अझै एक हप्ता थप गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षमा बसेको बैठकले असार ७ गते राति १२ बजेदेखि असार १४ गतेसम्म लागू हुने गरी उक्त निर्णय गरेको हो ।
जिल्ला कोभिड संकटको यसअघि बसेको बैठकले जिल्लामा भोलि असार ७ गते राति १२ बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञा थप गरेको थियो । बैठकले फलफुल, खाद्यान्न र तरकारी पसल बिहान ४ बजेदेखि १२ बजेसम्म र हाड्वयेर, कपडा, जुत्ता र कस्मेटिक पसल दिउँसो १२ बजेदेखि ४ बजेसम्म खुलाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
साथै बैठकले होटल र रेस्टुडेन्टबाट होम डेलिबडी गर्न मात्रै पाइने र नीजि क्षेत्रबाट संचालित अटो, मयुरी, कार, जीप र मोटरसाईकललाई जोर–विजोर प्रणाली अनुसार संचालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।
उनका अनुसार, बैठकले हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ खोपेगल्ली र हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० बर्सपार्कमा रहेको तरकारी पसललाई हाल संचालनमा नल्याउने भएको छ ।








