हेटौंडा । सडक बालबालिकाको राहत, उद्दार, परामर्श, आवासीय सुविधा , सीप र पारीवारिक पुनर्स्थापना गर्दै आएको मामाघर नेपाल मकवानपुरलाई ड्रिम्स स्क्वड ग्रुपले खाद्यान्न तथा खेलकुद सामग्री सहयोग गरेको छ । ग्रुपका अभियान्ता बालकृष्ण दाहालले यस विपदको घडीमा आश्रममा आश्रित असाय,अनाथ बालबालिका भोको बस्न नपरोस भन्ने उद्देश्यले सबै मेम्बरहरु मिलेर स्वच्छिक रुपमा रकम संकलन गरि लगभग ४० हजार बराबारको सामाग्रि हस्तान्तरण गरेको बताए । ग्रुपले मामा घर नेपाल आश्रममा १०० किला चामल, ३० लिटर तेल, १५ केजी दाल, ५० केजी आलु, १० दर्जन साबुन, २० केजी प्याज, ४० केजी चिउरा, २० प्याकेट दालमोठ, ८ कार्टुन चाउचाउ, १६ कार्टुन बिस्कुट, ४ केजी चना, ट्याङ्क ५ प्याकेट,४० केजी चिनी,१० प्याकेट फुरनदाना साथै खेल्नको लागि व्याडमिन्टन २ सेट ,लुडो,चेस,स्किपिङ २÷२ सेट र २ थान फुटबल,सहयोग गरेको छ ।








