चितवन । रातको समयमा मादक पदार्थ खाएर डिउटीमा रहेका प्रहरीमाथि अभद्र व्यवहार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्जुङ सुन्दरबजार नगरपालिका वडा नम्बरा ९ का प्रबिन घले, चितवन कालिका न.पा. वडा न. ८ बस्ने बर्ष २३ को मनिष नगर र सोही स्थान बस्ने बर्ष २५ को बिर बहादुर गुरुङ रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार बिहीबार राती १ बजे नारायणगढको लायन्सचोकमा उनीहरुले मदिरा सेवन गरी होहल्ला गरी सवारी आगमनमा समेत अवरोध पुरयाएका थिए । सोही स्थानमा रहेका ड्युटीमा रहेका प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा अभद्र व्यवहार एवं हातपात गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका तीनैजना माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








