नवलपुर । डेढ महिनादेखि बन्द रहेको यातायात व्यवस्था कार्यालय आइतबार देखि खुल्ने भएको छ । यातायात व्यवस्था कार्यालय कावासोतीले एक सूचना जारी गर्दै आईतवारदेखि कार्यालयका सेवा नियमित सुचारु हुने जानकारी गराएको हो ।
बिहिबार जिल्लाका सीडीओहरुको बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका थिए । सोसँगै यातायात कार्यालयले आफ्नो विविध सेवा सुचारु गर्ने भएको हो । यातायात कार्यालय कावासोतीका अनुसार आइतबार देखि सवारी साधन कर संकलन र सवारी दर्ता प्रमाण पत्र नविकरण, सवारी जांच पास , पटके र रुट इजाजत ,ट्रायल पास भई राजस्व बुझाउन बाँकी रहेका परीक्षार्थीबाट राजस्व संकलन लगायत सेवाहरु सुचारु हुनेछन् ।









