सांकेतिक तस्विर
हेटौंडा । हेटौंडा-भीमफेदी-कुलेखानी हुँदै सिस्नेरी-दक्षिणकाली भएर काठमाडौं प्रवेश छोटो दूरीको सडक पहिरोका कारण अवरुद्ध बनेको छ।
शनिबार हेटौंडा–भीमफेदी–कुलेखानी सडक खण्डको भीमफेदी-६ स्थित चिसापानीगढी नजिकैको साउनेपानी खोल्चामा र इन्द्रसरोवर-२ स्थित छपारेमा ठूलो पहिरो आएपछि सडक अवरुद्ध भएको हो।
वर्षा नरोकिएको र पहिरो झर्ने क्रम चलिरहेका कारण अवरुद्ध सडक आइतबार बिहानसम्म पनि सञ्चालन हुन सकेको छैन। पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।








