काठमाडौँ । काठमाडौँ उपत्यकामा मङ्गलवार देखी २५ सिटभन्दा बाढीका सार्वजनिक सवारी साधन चल्ने भएका छन् ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सोमबार बिहान बसेको बैठकले निषेधाज्ञा थप खुकुलो बनाउँदै सार्वजनिक सवारी साधन खोल्ने निर्णय गरेको हो । त्यस्तै बैठकले निषेधाज्ञा भने एक साता थप्ने निर्णय गरिएको छ ।
जोरबिजोरको आधारमा चल्ने २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म चल्ने छन् । हाल उपत्यकामा निजी सवारी साधन भने जोरबिजोरको आधारमा चलिरहेका छन् ।
त्यस्तै बैठकले किराना तथा खाद्यान्न पसल बेलुकी ६ बजेसम्म खोल्न पाउने तथा यस अघि बार तोकेर खोलिएका अन्य पसलहरू हरेक दिन बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिने निर्णय भएको छ । जारी निषेधाज्ञा सोमबार राति सकिँदै छ ।








