• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ६. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ९. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

७ कृषक फार्मले पाए भरतपुर महानगरबाट उच्च क्षमताका ट्याक्टर÷ अनुदानमा ट्याक्टर पाएपछि किसान भए खुसी

  •   सोमबार, असार १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरले नगर भित्र कृषिको क्षेत्रमा आधुनिकिकरण र यान्त्रिकरण गर्दै अगाडि बढ्ने योजनाका साथ कृषकलाई धमाधम कृषि उपकरण वितरण गरेको छ । अहिले हरेक दिन जसो कृषिका अत्याधुनिक उपकरणहरु महानगरबाट किसानहरुले ५० प्रतिशत अनुदानमा प्राप्त गर्न थालेका छन् ।

    भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छि व्यवसाय प्रर्वद्धन महाशाखाले धान रोप्ने अत्याधुनिक मेसिन ९राईस टान्सप्लान्टर ० देखी कृषकको सामान ओसार पोसार र कृषि कर्मका लागी ट्याक्टर समेत किसानहरुलाई वितरण गरेको छ । महानगरले धमाधम कृषकहरुलाई लाखांै मुल्यका अत्याधुनिक र अत्यावश्यक उपकरणहरु वितरण गर्न थालेपछि किसानहरु पनि निकै उत्साहित भएका छन् ।

    सोमबार मात्रै माहानगरले ६ वटा ट्याक्टर र एक वटा हाते ट्याक्टर किसानलाई वितरण गरेको छ । महानगरको परिसरमा एक कार्यक्रम गरि महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वति शाह ठकुरीले एक कार्यक्रमका बिच ट्याक्टर किसानलाई गरेका हुन् ।

    कस कसले पाए ट्याक्टर

    ५० हर्स पावरको उच्च प्रबिधिको ट्याक्टर महानगरले किसानलाई वितरण गरेको हो । महानगरबाट वितरण गरिएको ट्याक्टर, कैलास कृषि विकास कृषक समुह भरतपुर ५, बिमल एग्रो फर्म एण्ड रिर्सच सेन्टर भरतपुर ६, कमलपोखरी गरिबी निवारण साना किसान कृषि सहकारी संस्था भरतपुर २२, अमृत किसान बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड भरतपुर २५, हिम सिखर कृषि सहकारी संस्था भरतपुर महानगर २६, उन्नत बिज बृद्धि कृषक समुह भरतपुर १४ ले पाएको हो ।

    त्यस्तै रिजन कृषि तथा पशुपक्षी फर्म भरतपुर १८ ले हाते ट्याक्टर प्राप्त गरेको छ । ट्याक्टरमा, हाईरो, कल्टिभेटर र रोटाभेटर समेत रहेको छ । प्रति ट्याक्टर १६ लाख ५२ हजार लागत मुल्य रहेको र महानगरले प्रति ट्याक्टर ८ लाख अनुदान दिएको महानगरका कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले बताए ।

    अझै ५ फर्मले पाउदैछन् उपकरण

    महानगरमा परेको ४३ वटा आबेदनबाट छनोट गरेर १३ वटा फर्मलाई माग अनुसारको उपकरणमा महानगरले ५० प्रतिशत अनुदान दिएको पौडेलको भनाई छ । सोमबार ७ फार्म लाई ट्रयाक्टर हस्तान्तरण गरिएको यस अघि आईतबार १ फर्मलाई धान रोप्ने उच्च प्रविधिको मेसिन हस्तान्तरण भएको र अव ५ वटा फार्मलाई केहि दिनमै वितरण गरिने पौडेलको भनाई छ । उनका अनुसार ४ वटा बिउ प्रशोधन मेसिन र १ वटा ईलेक्ट्रीक ड्राएर मेसिन अव हस्तान्तरण गर्न बाँकि रहेको र २५÷२६ गते भित्र ति मेसिन आईसक्ने र किसानलाई वितरण गरिने उनको भनाई छ ।

    खाडिमा श्रम खेर नफालौ ः मेयर दहाल

    भरतपुर महानगर प्रमुख रेनु दाहालले महानगरपालिले कृषिलाई एकदमै प्राथमिकतामा राखेर अगाडी बढेको बताईन् । कृषि क्षेत्रको विकासका लागि यान्त्रिकिकरण र आधुनिकिकरणमा आफुहरुले जोड दिएको बताउदै दाहालले कृषिमा लागत घटाएर उत्पादन बढाउन आफुहरु निरन्तर खटिएको बताईन् । कुवेत, ईराक लगायत तेस्रो मुलुकमा गएर सस्तो मुल्यमा श्रम बेच्ने युवाहरुलाई यहि स्वरोजगार बनाएर कृषि कर्ममा सरिक बनाउन महानगर निरन्तर लाग्ने र हरेक कृषकको साथमा महानगर रहेको दाहालको भनाई छ ।

    चितवनमा पशुपालनमा पनि उच्च सम्भावना रहेकाले यो क्षेत्रमा लाग्ने किसानलाई हौसला प्रदान गर्न दुधमा प्रतिलिटर ३ रुपैँया अनुदान दिन थालिएको पनि दाहालको भनाई छ । कृषि पेशामा अगाडी बढ्न यो कार्यक्रमले किसानलाई उत्प्रेरणा दिएको बताउदै दाहालले सिचाँइृका लागी बोरिङ निर्माणमा पनि महानगरले काम गरिरहेको बताईन् । आगामी दिनमा यस्ता कार्यक्रमलाई महानगरले थप गर्दै लाने उनको भनाई छ ।

    युवालाई कृषि कर्ममा सरिक बनाउछौ ः ठकुरी

    महानगर उपप्रमुख पार्बती शाह ठकुरीले किसानलाई कृषि पेशाबाटै सवल बनाउने उद्धेश्य सहित कृषि उपकरण वितरण गरिएको बताईन् । कृषि प्रधान देशमा ९५ प्रतिशत कृषकहरु रहेपनि किसानहरु निराश बनेको र युवा पलायन हुने स्थिती आएकाले अब युवालाई यहि कृषि कर्ममा सरिक बनाउन आफुहरु लागेको उनको तर्क छ । आगामी दिनमा बिदेशबाट फर्कीएका युवालाई कृषि कर्ममा सरिक बनाउन पनि यो कार्यक्रमले सहयोग पुग्ने उनले बताईन् । आउने वर्षमा पनि कृषिका लागी प्रयाप्त बजेट विनियोजन गरिएको ठकुरीको भनाई छ ।

    अचाक्ली खुसी छु ः कृषक तिर्थ सुबेदी

    बिमल एग्रो फार्म एण्ड रिसर्च सेन्टर भरतपुर ६ का सञ्चालक तिर्थ सुबेदीले भरतपुर महानगरले उच्च क्षमताको, बहु उपयोगी ट्याक्टर वितरण गरेर कृषकलाई धेरै गुन लगाएको बताए । आफुले नेपाली हाईब्रेड मकै र धानको बिउ उत्पादन गर्दै आएको बताउदै उनले महानगरबाट यान्त्रिकरणमा सहयोग पाउदा आफुलाई धेरै माग्यामानी महसुस गरेका छन् । महानगरको सहयोगबाट अचाक्ली खुसी भएको उनको भनाई छ । महानगरले ५० हर्स पावरको उच्च क्षमताको ट्याक्टर वितरण गरेकोे र यसमा ड्रायर मेसिन समेत जोडेर त्यसले धान मकै सुकाउन , साईलेज बनाउने मेसिन देखि अरु धेरै ठुला मेसिन जडान गरेर काम गर्न सकिने बताए ।

    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    • ६.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.