• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

जिल्लामा ६० प्रतिशत रोपाइँ सकियो, पिठुवामा भोलि राष्ट्रिय धान दिवस मनाइने

  •   सोमबार, असार १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । समयमै मनसुन शुरु भएका कारण यस वर्ष चितवनमा धान रोपाइँ हुने क्षेत्रफलमध्ये करिब ६० प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र चितवनले आज पत्रकार सम्मेलन गर्दै जिल्लाका अधिकांश क्षेत्रफलमा बर्खे धान रोपाइँ भइरहेको जनाएको छ ।

    जिल्लाको कुल क्षेत्रफलको ४६ हजार ८९७ हेक्टर खेतीयोग्य जमीन रहेको भन्दै कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले अहिले जिल्लामा ४४ हजार २९१ हेक्टर क्षेत्रफलमा खेती भइरहेको बताउनुभयो ।

    जिल्लामा खेतीयोग्य जमीनको ७२ प्रतिशत क्षेत्रफलमा सिँचाई सुविधा पुगेको भए पनि २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको भन्दै ढकालले यस वर्ष धान खेती हुने क्षेत्रफल बढ्ने अनुमान गरिएको बताउनुभयो । नेपालमा सूचित गरिएका १३० जातका धानमध्ये चितवनमा सावित्री, सावा मन्सुली, सब १, स्वर्ण सब १, रामधान, हर्दिनाथ १, चैते ५, बहुगुणी १, बहुगुणी २ लगायतका धानहरु लगाउने गरिन्छ ।

    चितवनका किसानहरु करिब ४० प्रतिशत क्षेत्रफलमा हर्दिनाथ तथा त्यति नै संख्यामा पिआर धान लगाउने गरेका ढकालको भनाइ छ । यस वर्ष करिब पाँच हजार ६९५ किलो सूचिकरणमा नरहेको गोरखनाथ धानको बिउ बरामद गरेर नष्ट गरिएको भन्दै ढकालले उक्त बिउ बिक्री वितरण गर्ने पाँच जना व्यवसायीलाई कारबाही गरिएको बताउनुभयो ।

    यसैबीच, असार १५ गते भोलि मङ्गलबार रत्नगर–१५ को पिठुवामा धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ १८औँ राष्ट्रिय धान दिवस मनाउन लागिएको ढकालले बताउनुभयो । अनुदानमा कृषकहरुलाई विभिन्न कृषि यन्त्रहरु वितरण गरिदै आएकाले जिल्लामा कृषिमा यान्त्रिकीकरण बढ्दै गएको ढकालले बताउनुभयो ।

    पत्रकार सम्मेलनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले यान्त्रिकीकरणको प्रयोगमा खेती गर्दा कृषकको उत्पादन लागतमा ५० प्रतिशत कमी आउने बताउनुभयो । यस वर्ष करिब ३० बिघा क्षेत्रफलमा मेसिनबाट धान रोप्ने गरी बिउ राखिएको तिमल्सेनाको भनाइ छ ।

    कृषकहरुले रासायनिक मलमा मात्रै निर्भर नभएर हरियो मल प्रयोग गर्दै माटोको उर्बराशक्ति वृद्धि गर्नुपर्ने कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्धक राजन बगालेले बताउनुभयो । कृषकहरुले खेतीमा रासायनिक मल प्रयोग गर्दा युरियासँगै डिएपी र पोटासको मात्रा मिलाएर हाल्न अनुरोध गर्दै बगालेले जिल्लामा मलको आपूर्ति नियमित भइरहेको बताउनुभयो ।

    चितवनमा वार्षिक ३० हजार मेट्रिक टन मलको माग हुने गरेकोमा खाद्य सामग्री कम्पनीले १३ हजार मेट्रिक टन आपूर्ति गर्दै आइरहेको र बाँकी साल्ट ट्रेडिङले आपूर्ति गर्ने गरेको बगालेले बताउनुभयो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.