चितवन । चितवन पोष्टकर्मीलाई समाचार संकलनको बिषयमा पत्रकार महासंघ, चितवनको गम्भिर ध्यानाकर्षण भएको छ । आज महासंघ अध्यक्ष नारायण अधिकारीले विज्ञप्ति जारी गर्दै उक्त घटना प्रति ध्यानकर्षण भएको जनाएको हो ।
विज्ञप्तिमा नेपाल पत्रकार महासंघ चितवन शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने र नियन्त्रित गर्ने कार्य स्वीकार्य नभएको बताएको छ । महासंघले विज्ञप्ति मार्फत पत्रकारको सूचनामा सहज पहुँचका लागि उपयुक्त वातावरण बनाउन समेत आग्रह गरेको छ । पत्रकारिताको मर्म र भावना विरुद्ध हुने जुनसुकै कार्यको पनि महासंघले विरोध गर्ने विज्ञप्तीमा भनिएको छ ।
महानगरपालिकाको असार १० गते वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा आयोजित नगरसभामा समाचार संकलन गर्न पुगेका चितवन पोष्टकर्मी कुल प्रसाद काफ्लेलाई रोक लगाइएको थियो।








