भरतपुर । यातायात व्यवस्था सेवा कार्यालयको सेवा नियमित रुपमा शुक्रबारबाट शुरु हुने भएको छ ।
कोरोना कहरबीच भीडभाड कम गर्नुका साथै स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गर्दै सेवा लिन आउन आग्रह गरेको छ ।
कार्यालयले आज एक सूचना प्रकाशित गरी कोरोनाको जोखिम कम गर्न जोर गते जोर सवारीसाधन तथा विजोर गते विजोर सवारी साधनको कर संकलन गरिने जनाएको छ ।
कोभिड का कारण दुई महिनादेखि जारी निशेधाज्ञाका कारण यो कार्यालयबाट दिइने सेवा समेत बन्द गरिएको थियो ।








