• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ६. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ९. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

कावासोती नगरको बजेट : कोरोनाबाट मृत्यु भएका परिवारलाई ५० हजार सहयोग

  •   शुक्रबार, असार १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । जिल्ला सदरमुकामसमेत रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु ९६ करोड ३४ लाख ३८ हजार बराबरको अनुमानित बजेट ल्याएको छ ।

    बिहीबार आयोजित नवौँ नगरसभामा नगर उपप्रमुख प्रेमशङ्कर मर्दनियाले सङ्घीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा सहयोग र नगरपालिकाको अनुमानित आन्तरिक आम्दानीसहित जम्मा रु ९६ करोड ३४ लाख ३८ हजार बराबरको बजेट सार्वजानिक गरेका हुन् ।

    मर्दनियाले बिहीबार नगरसभामा प्रस्तुत गरेको बजेटमा सङ्घीय सरकारको सशर्त अनुदानबाट रु ४१ करोड ६४ लाख, सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदानबाट रु १८ करोड १५ लाख, प्रदेश सरकारको समपूरक अनुदानबाट रु एक करोड, प्रदेश सरकारको समानीकरण अनुदानबाट रु दुई करोड २२ लाख ९९ हजार, राजस्व बाँडफाँटबाट रु २३ करोड ५७ लाख चार हजार र आन्तरिक आयतर्फ रु नौ करोड ७५ लाख ३५ हजार आम्दानी हुने अपेक्षा गरिएको छ । बजेट सार्वजनिक गर्दै उपप्रमुख मर्दनियाले कोरोना सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई रु ५० हजारका दरले आर्थिक सहयोग गरिने बताए ।

    त्यस्तै बजेटमा नगरभित्रका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्ययन गर्ने विद्यार्थीहरुका लागि निःशुल्क पाठ्यपुस्तकको व्यवस्था, सङ्घीय सरकाकरले दिएको तलबमा थप गरी नगरभित्रका सामुदायिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ताको तलब रु १७ हजार, लेखापालको रु १७ हजार ५०० र विद्यालय कर्मचारीको तलब रु १५ हजार पु¥याइने गरी व्यवस्था गरिएको मर्दनियाको भनाइ छ ।

    नगरपालिकाको बजेटमा नगरभित्रका क्रियाशील पत्रकारका परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिने, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण कार्यक्रमको निरन्तरता, एक वाड एक खेल मैदान, प्याराग्लाइडिङ सञ्चालनका लागि पूर्वाधार सुधार, नारायणी सभ्यता बचाउ अभियान, कुमारवर्ती, मध्यविन्दु र लुम्बिनी क्याम्पसमा सिसी क्यामेरा जडान, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानजनक बिदाइलगायतका कार्यक्रम समेटिएको छ । कावासोती नगरपालिकाको नवौँ नगरसभाको अध्यक्षता नगर प्रमुख चन्द्रकुमारी पुनले गरेकी थिइन् ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    • ६.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.